१० साउन २०८३, आइतबार
प्रतिनिधिसभा बैठक

आपराधिक घटनामा पूर्वराजा ज्ञानेन्द्रले पनि उन्मुक्ति पाउँदैनन्– प्रधानमन्त्री ओली [पूर्णपाठ]

चैत १८, २०८१
काठमाडौं
आपराधिक घटनामा पूर्वराजा ज्ञानेन्द्रले पनि उन्मुक्ति पाउँदैनन्– प्रधानमन्त्री ओली [पूर्णपाठ]

प्रधानमन्त्री केपी शर्माले ओलीले चैत १५ गते तीनकुनेमा मच्चाइएको उदण्डताको विषयमा पूर्वराजाले उन्मुक्ति नपाउने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अराजक मान्छेलाई बोलाएर कमान्डर बनाएर हिंसा मच्चाएको भन्दै ओलीले पूर्वराजाले उन्मुक्ति नपाउने बताएका हुन् । 

‘आफ्नै निवासमा बोलाएर पूर्वराजाले आपराधिक प्रवृत्तिका व्यक्तिलाई जनकमान्डर तोकेर खटाउनुभयो,’ ओलीले भने, ‘आपराधिक घटनामा पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न । समाजमा वितण्डा मच्चाएको र समाज भड्काएकोमा उहाँ बोल्नुपर्दैन ?’

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रले अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित 'जनकमान्डर' तोकेका बताए ।

​'पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम शुरू गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित 'जनकमान्डर' तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो,' उनले भने ।

प्रारम्भिक अध्ययनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेका प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

salt training

कमेन्ट गर्नुहोस्