२३ असार २०८३, मंगलबार

अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प

चैत १८, २०८१
काठमाडौं
अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताएका छन् । 

राष्ट्रपति ट्रम्पले व्यापार व्यवस्थालाई सम्बोधन गर्न पारस्परिक कर नीति सार्वजनिक गर्ने तयारी गरिरहेको र यो अप्रिल २ देखि लागु गरिने बताए । 'कर वृद्धि सबै देशहरूबाट शुरू हुनेछ, त्यसैले हेरौं के हुन्छ,' ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूलाई भने, 'मैले १० वा १५ वटा देशको बारेमा मात्रै भन्ने सञ्चारमाध्यममा हल्ला सुनेको छु। त्यसो होइन । मूलतः हामीले कुरा गरिरहेका सबै देशसहित सबै देशका बारेमा अमेरिकी अतिरिक्त कर नीति (कर समायोजन) लागू हुनेछ । कटौती होइन ।' 

ट्रम्पको आगामी कर नीतिले संयुक्त राज्य अमेरिकासँग निरन्तर व्यापार असन्तुलन भएका ‘डर्टी १५’ भनिने १५ प्रतिशत साझेदारहरूलाई लक्षित गर्ने अपेक्षा गरिएको थियो ।

लक्ष्यलाई फराकिलो बनाए पनि राष्ट्रपति ट्रम्पले आफ्नो कर संयुक्त राज्य अमेरिकाविरुद्ध लगाइने करभन्दा बढी ‘उदार’ हुने दावी गरे । ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा कर लगाइसकेका छन् भने चीनबाट आयात हुने सामानमा थप कर लगाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्