०५ साउन २०८३, मंगलबार

कोइरालालाई श्रद्धाञ्जली दिन माधव नेपालको पार्टी कार्यालय पुगे ओली

चैत १८, २०८१
काठमाडौं
कोइरालालाई श्रद्धाञ्जली दिन माधव नेपालको पार्टी कार्यालय पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन् ।

कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न र चैत १५ गते तोडफोडमा परेको समाजवादीको कार्यालय अवलोकन गर्न ओली सोमबार आलोकनगर पुगेको उनको सचिवालयले जनाएको छ ।

एमालेबाटै विभाजन भएर बनेको समाजवादीको कार्यालयमा ओली पहिलोपटक पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्