०५ असार २०८३, शुक्रबार

खोलामा डुबेर तीन बालकको मृत्यु

चैत १८, २०८१
काठमाडौं
खोलामा डुबेर तीन बालकको मृत्यु

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलमा डुबेर आज तीन बालकको मृत्यु भएको छ । 

खोलामा नुहाउने क्रममा डुबेर सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फलबारी दाप्चा घर भई सिस्नेरीस्थित मामा घर आएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन्। मृतक घोरासैनी दुवै दाजु भाई हुन् भने आचार्य मामाका छोरा हुन् । 

सिस्नेरी बजार पछाडि रहेको खोलामा नुहाउन गएका तीनै जना पौडी खेल्ने क्रममा डुबेका थिए । तीनै जनाको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पाटन अस्पताल पठाइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताइन् । मृतक बालकको शव परीक्षणका लागि पाटन अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्