
‘जहाँबाट आतिथ्यको शरूआत हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिनेगरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादोत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादोत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति रहने होटल पौवा प्रालिका चिफ ब्राण्डिङ अफिसर विष्णु भण्डारीले जानकारी दिए ।
नवौं वार्षिकोत्सवको खुशियालीमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादोत्सव मनाउन लागेको हो । यो उत्सवमार्फत् पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ ।
उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पुर्याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ । यसैगरी पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि हो । स्वाद उत्सवमा पाहुनाहरूले दिने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ । यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहनसमेत गर्नु हो ।
नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिन सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेटगरी निमन्त्रणापत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ ।
नौलो प्रस्तुतिका रूपमा ९ वर्षअघि उदाएको पौवाले आफ्नो नामको भावलाई प्रतिबिम्बित गर्नेगरी आतिथ्य सेवा प्रदान गर्दै आएको छ । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भैरहेको छ ।
स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् ।
अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको छ ।
‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ ।