२३ जेठ २०८३, शनिबार

सांसद बोहराको निधनपछि फेरियो संसद्को‌ कार्यसूची

चैत १९, २०८१
काठमाडौं
सांसद बोहराको निधनपछि फेरियो संसद्को‌ कार्यसूची

राप्रपा सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर मंगलवारको बैठक स्थगित गर्नेगरी कार्यसूची फेरिएको छ । 

मंगलवार बिहान ११ बजेका लागि बोलाइएको बैठक बोहोराको निधनका कारण शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी भएको हो । 

बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारितबाहेक अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय परम्परा छ । 

रूपन्देही–३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद बोहोराको उपचारको क्रममा मंगलवार काठमाडौंको ओम अस्पतालमा मृत्यु भएको थियो । 

७४ वर्षीय बोहोरा लामो समयदेखि घाँटीको क्यान्सरको बिरामी थिए ।

२०७९ सालमा प्रतिनिधि सभा निर्वाचित भएपनि संसदमा बोल्न सकेका थिएनन् ।

संसद् हिउँदे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्