२८ जेठ २०८३, बिहीबार

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : प्रभु साह

चैत १९, २०८१
पर्सा
वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।

आम जनता पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले  यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए । 

‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’ उनले भने, ‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’

salt training

कमेन्ट गर्नुहोस्