२४ जेठ २०८३, आइतबार

संसद्को हिउँदे अधिवेशन : २५ दिनमा २७ बैठक, जम्मा ११८ घण्टा काम

चैत १९, २०८१
काठमाडौं
संसद्को हिउँदे अधिवेशन : २५ दिनमा २७ बैठक, जम्मा ११८ घण्टा काम

मंगलबार मध्यरातमा सकिँदै गरेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा जम्मा २७ बैठक बसेका छन् ।

माघ १८ गते शुरू भइ चैत १९ गते समापन भएको अधिवेशनमा २५ दिनमा २७ बैठक बसेका हुन् ।

१ सय १८ घण्टा २१ मिनेट संसदीय काम कारबाहीमा व्यतीत भएको मंगलबारको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराए । 

हिउँदे अधिवेशनमा ५ वटा विधेयक पारित भएका छन् । सरकारले संसदमा पेश गरेका अध्यादेश स्वीकृत भएका थिए । संसद्को अधिवेशनमा दुई पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम आयोजना गरिएको थियो । 

संसद्को चालू अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुँदैछ ।

प्रि-बजेट छलफलका लागि बजेट अधिवेशन बोलाउनुपर्ने भएकोले संसद्को विधेयक अधिवेशन समापन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्