२३ जेठ २०८३, शनिबार

श्रद्धाञ्जलीका लागि गृहनगर भैरहवा ल्याइयो बोहराको पार्थिव शरीर

चैत १९, २०८१
बुटवल
श्रद्धाञ्जलीका लागि गृहनगर भैरहवा ल्याइयो बोहराको पार्थिव शरीर

रुपन्देही निर्वाचन क्षेत्र नम्बर– ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको पार्थिव शरीर गृहनगर भैरहवा ल्याइएको छ ।

मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा ७६ वर्षको  निधन भएको थियो । बोहराको श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर हेलिकप्टरमार्फत भैरहवामा ल्याइएको हो ।

श्रद्धाञ्जलीका लागि मंगलबार उनको शव आफ्नो निवास (पार्टी कार्यालय) मा राखिने र बुधबार बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर आर्यघाटमा अन्तिम संस्कार गरिने राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

कोरोना महामारीको  लहरमा संक्रमित भएका बोहराको केही समयपछि स्वरमा केही परिवर्तन देखिएको थियो। जाँच गराउँदा पोस्ट कोभिडका कारण घाँटीमा क्यान्सर भएको पत्ता लागेको थियो ।

उनको स्पीच थेरापी उपचार हुँदै आएको थियो । निर्वाचित सांसद सदनमा एक पटक पनि नबोली अस्ताएका हुन् । बोहरा रुपन्देहीको राजनीतिमा ५ दशकदेखि सक्रिय थिए ।

salt training

कमेन्ट गर्नुहोस्