०४ साउन २०८३, सोमबार

गुजरातको एउटा पटाका गोदामा विस्फोट हुँदा २१ मजदुरको मृत्यु

चैत २०, २०८१
काठमाडौं
गुजरातको एउटा पटाका गोदामा विस्फोट हुँदा २१ मजदुरको मृत्यु
तस्वीर : दैनिक भास्कर ।

भारतको गुजरातस्थित बनासकांठा नजिकैको पटाका कारखानामा विस्फोट हुँदा २१ मजदुरको ज्यान गएको छ । विस्फोटमा ५  मजदुर सामान्य घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

विष्फोट हुँदा मजदुरहरू कारखानामा काम गरिरहेका थिए । कामदारहरूको शरीरका अंगहरू ५० मिटर टाढासम्म भेटिएको समाचारमा उल्लेख छ ।

कारखाना पछाडिको खेतमा मानव शरीरका केही अंगहरू पनि फेला परेका थिए । आगो नियन्त्रणमा लिन दमकललाई ५ देखि ६ घण्टा लागेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

दुर्घटनामा परी मृत्यु भएका र घाइते भएका सबै मजदुर २ दिनअघि मजदुरी गर्न आएका मध्यप्रदेशको हर्दा जिल्लाको हान्डिया गाउँका बासिन्दा हुन् । 

कारखानाबाट प्राप्त जानकारी अनुसार उनीहरू सबै २ दिनअघि मजदुरीका लागि आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्