
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच आज भेटवार्ता भएको छ ।
भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।
त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावात्राले स्वागत गरेका थिए ।
भेटवार्तापछि नेपाल र थाइल्याण्ड सरकारबीच सांस्कृतिक सम्झौता भएको छ । साथै पर्यटन सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यी सबै पहलहरूले नेपाल-थाइल्याण्ड सम्बन्धलाई विभिन्न क्षेत्रमा अझ सुदृढ बनाउन मद्दत गर्ने मन्त्रालयको विश्वास छ ।
प्रधानमन्त्री ओलीसहितको टोली आफ्नो सम्मानमा समकक्षी शिनावात्राले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछ ।
प्रधानमन्त्री ओलीले आजै थाइ नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।