०१ असार २०८३, सोमबार

सम्झौता भएको ५ वर्ष बित्यो, तर शुरू भएन पुल निर्माणको काम

चैत २०, २०८१
म्याग्दी
सम्झौता भएको ५ वर्ष बित्यो, तर शुरू भएन पुल निर्माणको काम

म्याग्दीको मालिका गाउँपालिका– ५ र धवलागिरि गाउँपालिका– ७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम शुरू भएको छैन ।

धवलागिरि गाउँपालिका– ७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण शुरू नभएको हो ।

विक्रम संवत् २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भएको छ ।

पुल निर्माण स्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौतालगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, २०७७ सालको बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र परिवर्तित परिस्थितिअनुसार बढेको लागत उपलब्ध गराउन सम्बन्धित निकायसँग समझादरी नहुँदा निर्माण व्यवसायी न्यायिक निरुपणका निम्ति अदालत गएपछि पुल निर्माण प्रभावित भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

निर्माणको काम शुरू नै नभएपछि कार्यालयले ठेकेदारलाई पेस्की स्वरूप प्रदान गरेको रु ३३ लाख धरौटीबाट फिर्ता लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्