०९ असार २०८३, मंगलबार

सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु

चैत २०, २०८१
काठमाडौं
सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु

सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका– ९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए ।

यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।

कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौं लगिएको थियो ।

शव परीक्षणपश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझी लगेका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्