०४ असार २०८३, बिहीबार

इजरायलका रक्षामन्त्रीले भने– गाजाको ठूलो क्षेत्र सेनाले कब्जा गर्नेछ

चैत २०, २०८१
काठमाडौं
इजरायलका रक्षामन्त्रीले भने– गाजाको ठूलो क्षेत्र सेनाले कब्जा गर्नेछ

इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजामा आफ्नो अभियान विस्तार गर्ने र ठूलो क्षेत्रहरू कब्जा गर्ने बताएका छन् । उनले भने कि यसको उद्देश्य 'आतंकवादी क्षेत्रहरू हटाउनु' हो ।

काट्जले कब्जा गरिएका क्षेत्रहरूलाई इजरायली सुरक्षा क्षेत्रमा समावेश गर्ने कुरा पनि बताएको बीबीसीले जनाएको छ । यसका लागि काट्जले प्यालेस्टिनीहरूलाई ठूलो मात्रामा क्षेत्रबाट निष्कासन गर्नुपर्ने आवश्यकता व्यक्त गर्दै हमासलाई हटाउन जनतालाई अपील गरे ।

उनले इजरायली बन्धकहरूलाई रिहा गर्न अपील गर्दै युद्ध अन्त्य गर्ने यो एक मात्र उपाय रहेको बताए। इजरायली सेनाले राति राफाहमा ग्राउण्ड अपरेशन शुरू गरेको खबर छ ।

हमासले इजरायलले जनवरीमा भएको शान्ति सम्झौता तोडेको आरोप लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्