
वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका-५ का २८ वर्षीय सुरेश माक रहेका छन् । उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ परेको हो ।
उनले पाँच जना पीडितबाट ३२ लाख रूपैयाँ ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
सुरेशले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि सर्बिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको पीडितले बताएका थिए ।
पीडितहरूले दिएको जाहेरीपछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार बौद्धबाट पक्राउ गरेको हो ।