
काठमाडौं उपत्यकाको प्रमुख क्याम्पसमध्ये एक त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचनको ८३२ मत गणना भएको छ।
मंगलबार भएको निर्वाचन अन्तर्गत मतगणना जारी छ । पछिल्लो अद्यावधिक विवरण अनुसार ८३२ मत गन्दा पनि
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले अग्रता कायमै राखेको छ ।
अध्यक्षमा नेविसंघका गोविन्द कोइरालाले ३८२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले २१० मत पाएका छन् ।
तेस्रोमा रहेका अखिल गठबन्धनका प्रमित विष्टले १४५ मत पाएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा त्रिचन्द्र कलेजमा २६७१ मत खसेको थियो ।
सचिवतर्फ नेविसंघका आशिष गिरीले ३०१, स्वतन्त्र उम्मेदवार गौरव पाण्डेले २२१ र अखिल गठबन्धनका सुमन पुलामी मगरले १५१ मत पाएका छन् ।
कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार अगाडि छन् । नेविसंघका दुष्यन्त गौतमले ३२३, अखिल गठबन्धनका सुवास बिडारीले १६४, स्वतन्त्र उम्मेदवार सुदीक्षा भट्टराईले १४० र अर्का स्वतन्त्र उम्मेदवार गणेशबहादुर शाहीले ७३ मत पाएका छन् ।