११ असार २०८३, बिहीबार
अर्बपतिको संख्या र सम्पत्ति दुवै बढ्यो

धनीको सम्पत्ति वर्षमा २ खर्ब डलर बढ्यो : २४७ नयाँ अर्बपति थपिए, कुन देशमा कति छन् ?

चैत २१, २०८१
काठमाडौं
धनीको सम्पत्ति वर्षमा २ खर्ब डलर बढ्यो : २४७ नयाँ अर्बपति थपिए, कुन देशमा कति छन् ?

अमेरिकी म्यागाजिन फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । यो वर्ष अर्बपतिको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । अहिले विश्वमा कुल ३ हजार २८ अर्बपति छन् । गत वर्षको तुलनामा यस वर्ष २४७ अर्बपति बढेका हुन् । यी सबै अर्बपतिहरूसँग १६.१ ट्रिलियनको सम्पत्ति छ । यो रकम गत वर्षको तुलनामा २ खर्ब डलर बढी हो । 

यो वर्ष पनि अर्बपतिको सूचीमा एलन मस्क शीर्ष स्थानमा छन् । मार्क जुकरबर्ग दोस्रो स्थानमा पुगेका छन् । जेफ बेजोस तेस्रो नम्बरमा छन् ।
साथै, अर्बपतिको सूचीमा अमेरिकी अर्बपतिहरू सबैभन्दा अगाडि छन् । अमेरिकामा कुल ९०२ अर्बपति छन् । 

योसँगै चीन ५१६ अर्बपतिसहित दोस्रो र भारत २०५ अर्बपतिसहित तेस्रो स्थानमा छ । भारतीय व्यापारी तथा उद्योगपति मुकेश अम्बानी भारत र एसियाका सबैभन्दा धनी व्यक्ति हुन् भने उनी विश्वमा १८औँ स्थानमा छन् । भारतमा अर्बपतिको संख्या केही बढेको छ । गत वर्ष २०० अर्बपति थिए, जुन अहिले बढेर २०५ पुगेको छ। ती सबैको कुल सम्पत्ति ९४१ अर्ब डलर छ। गत वर्ष यो संख्या ९५४ अर्ब डलर थियो । देशका दुई धनी व्यक्तिको सम्पत्ति २० अर्ब डलरभन्दा बढीले घटेको छ ।

३४२ बिलियन डलरको अनुमानित नेटवर्थको साथ इलोन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले आफ्नो अधिकांश समय अमेरिकी सरकार दक्षता विभागको प्रमुखको रूपमा बिताएका छन्। यसका बाबजुद पनि उनी फोर्ब्सको सूचीमा शीर्ष स्थानमा छन् । फोर्ब्सको रिपोर्ट अनुसार मस्कले गत वर्ष आफ्नो सम्पत्तिमा १४७ बिलियन थपेका छन् ।

पहिलो १० स्थानमा रहेका अर्बपतिमध्ये ७ जना प्रविधि व्यवसाय क्षेत्रका छन् । यसमध्ये एआई क्षेत्रमा लगानी गर्नेहरूलाई यो वर्ष उल्लेख्य रूपमा फलिफाप भएको फोर्ब्सको विश्लेषणमा उल्लेख छ । 

 फोर्ब्स बिलिनियर्स लिस्ट भनेर वार्षिक रूपमा सार्वजनिक हुने विश्वकै धनाढ्यहरूको सूचीमा नेपालबाट भने यस पटक पनि विनोद चौधरी एक्लै समावेश छन् । चौधरीको सम्पत्ति २ अर्ब अमेरिकी डलर पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्