०४ असार २०८३, बिहीबार

गाडिएको अवस्थामा महिलाको फेला

चैत २२, २०८१
रौतहट
गाडिएको अवस्थामा महिलाको फेला

रौतहटको बलेरी जंगलमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । वृन्दावन नगरपालिका–१ निवासी फूलमतिया देवीको शव प्रहरीले बलेरी जंगलमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार महिला बेपत्ता भएको उजुरी परिवारले प्रहरीमा दिएपछि अनुसन्धान सुरु गरिएको थियो ।

महिलाको खोजीका क्रममा तालिम प्राप्त कुकुरको सहयोगमा लिइएको उनले जानकारी दिए । सोही कुकुरको सहयोगमा खोजी गर्ने क्रममा जंगलमा गाडिएको अवस्थामा बिहीबार शव फेला पारेको रौतहट प्रहरी प्रवक्ता रायले बताए । 

परिवारका सदस्य अनुसार गत चैत १४ गतेदेखि महिला बेपत्ता भएकी थिइन् । प्रहरीले घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्