२३ जेठ २०८३, शनिबार

एनपीआईमार्फत कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बन्यो इन्फिनिटी

चैत २६, २०८१
काठमाडौं
एनपीआईमार्फत कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बन्यो इन्फिनिटी

​​इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई)बाट डिजिटल कारोबार शुरू गरेको छ ।​

यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।​

इन्फिनिटी लघुवित्तका ग्राहकले अब एनसीएचएल–आईपीएस र आईपीएस प्रणालीमार्फत आफ्नो बचत निक्षेप, कर्जाको किस्ता भुक्तानीलगायतका विभिन्न संकलनका कारोबार गर्न सक्नेछन् ।

साथै तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार लाभग्राहीका बैंक खातामा सोझै गर्न सक्नेछन् ।

साथै एनपीआईमार्फत आफ्नो शाखाको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्नसमेत सकिने छ ।​

​एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पीएसपी/ पीएसओ, रेमिटेन्स कम्पनीहरू, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरूलगायतका १०० भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।

यसमार्फत सदस्यहरूले संस्थाहरूले एनसीएचएल–आईपीएस र आईपीएस प्रणालीहरूको प्रयोग गर्न सक्नेछन् । 

२०७३ मा स्थापित इन्फिनिटी लघुवित्तले नेपालका निम्न आय वर्गका परिवारहरूलाई बचत निक्षेप संकलन तथा ऋण भुक्तानी, रेमिट्यान्स तथा माइक्रो बिमाका सेवा प्रदान गर्दै आइरहेको छ ।

इन्फिनिटीले आफ्नो सामूहिक नेटवर्कमार्फत लेन्डिङ्ग मोडल पछ्याउँदै नेपालको  ४८ जिल्लाहरूमा ९६ शाखाहरू फैलाएको छ र १ लाखभन्दा बढी घरधुरी ओगटेको छ ।​

इन्फिनिटीले विभिन्न सरोकारवालाहरूलाई प्राविधिक सहयोगसहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्