०७ साउन २०८३, बिहीबार

बार निर्वाचनको पछिल्लो परिणाम : श्रेष्ठभन्दा मिश्र करिब दोब्बर मतले अघि, अरूको कति ? [सूचीसहित]

चैत २६, २०८१
काठमाडौं
बार निर्वाचनको पछिल्लो परिणाम : श्रेष्ठभन्दा मिश्र करिब दोब्बर मतले अघि, अरूको कति ? [सूचीसहित]

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । 

पछिल्लो नतिजाअनुसार सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले करिब दोब्बर मतले अग्रता लिएका छन् ।

अद्यावधिक विवरण अनुसार मिश्रले १२९५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले ६८२ मत प्राप्त गरेका छन् ।​​

यसैगरी, अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ६, आशिष पौडेलले ११ र उज्वल घिमिरेले ३ मत पाएका छन् । 

यस्तै, उपाध्यक्षमा पदमप्रसाद लिम्बूले १३८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले ५५८ मत ल्याएका छन् ।​

अर्को उपाध्यक्षमा अजय शंकर झाले १३८५ मत पाएका छन् भने प्रमोद प्रसादले ५३९ मत पाएका छन् । 

२७औं केन्द्रीय कार्यसमितिको २५ सदस्यका लागि ५७ जना चुनावी मैदानमा छन् । कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । ​

बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।

कसले कति मत पाए ?

null

salt training

कमेन्ट गर्नुहोस्