११ असार २०८३, बिहीबार

अनुमतिविना बन्दुक बोकेको आरोपमा एक जना पक्राउ

चैत २६, २०८१
काठमाडौं
अनुमतिविना बन्दुक बोकेको आरोपमा एक जना पक्राउ

अनुमतिविना बन्दुक बोकेको अभियोगमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ ।     

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो । 

रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा देखेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्