२७ जेठ २०८३, बुधबार

मनाङमा लेक लागेर कोरियाली नागरिकको मृत्यु​

चैत २६, २०८१
मनाङ
मनाङमा लेक लागेर कोरियाली नागरिकको मृत्यु​

तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ ।

मनाङको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो ।

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।

दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको उनले जानकारी दिए ।

शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौं पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्