सिरहामा करेन्ट लागेर १२ वर्षीय किशोरको मृत्यु भएको छ ।
लहान नगरपालिका-१ सिङ्ग्राही डेरा गरी बस्ने सुरूङ्गा नगरपालिका-११ घर भएका १२ वर्षीय सुशील चौधरीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
आँगनमा रहेको कलमा जडान गरेको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाइफलाइन केयर अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।