![बार निर्वाचन अपडेट : रमण श्रेष्ठभन्दा विजय मिश्र १००३ मतले अघि, अरु कसको कति मत ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nepal_bar_final_qUBToYsqyr.jpg)
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो नतिजाअनुसार सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले २०१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले १००७ मत प्राप्त गरेका छन् । यी दुई उम्मेदवारबीच १००३ मतको अन्तर देखिन्छ ।
यसैगरी, अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ९, आशिष पौडेलले १५ र उज्वल घिमिरेले ५ मत पाएका छन् ।
यस्तै, उपाध्यक्षमा पदमप्रसाद लिम्बूले २१५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले ७९० मत ल्याएका छन् ।
अर्को उपाध्यक्षमा अजय शंकर झाले २१६४ मत पाएका छन् भने प्रमोद प्रसादले ७७० मत पाएका छन् ।
२७औं केन्द्रीय कार्यसमितिको २५ सदस्यका लागि ५७ जना चुनावी मैदानमा छन् । कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो ।
बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।
कसले कति मत पाए ?
