०९ असार २०८३, मंगलबार

आन्दोलनरत शिक्षकलाई सरकारले फेरि वार्तामा बोलायो

चैत २६, २०८१
काठमाडौं
आन्दोलनरत शिक्षकलाई सरकारले फेरि वार्तामा बोलायो

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका हुन् ।

वार्ताको समय भने आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन जारी छ ।

मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरूसँग यसअघि यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो ।

तर उक्त छलफल तथा परामर्श भने हुन सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्