
तनहुँमा भिरबाट खसेको ढुंगा लागेर ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिका-४ चुनपहरास्थित पृथ्वीराजमार्ग सडक खण्डमा भिरबाट खसेको ढुंगा लागेर मंगलबार दिउँसो ४० वर्षीय सुकबहादुर गुरुङको मृत्यु भएको हो ।
बाटोको काम गर्न प्रयोग भएको चाइनिज कम्पनीको जीटु-०१३ नम्बरको एक्साभेटर बिग्री बनाउने क्रममा सोही एक्साभेटरका चालक रहेका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिरबाट अचानक खसेको ढुंगाले लाग्दा घाइते भई मोती अस्पताल डुम्रेमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि सीएमसी अस्पताल भरतपुर रेफर गरिएको थियो ।
उनलाई मंगलबार दिउँसो ४:४९ बजे अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी, प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।