२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री आउने भएपछि जंगलमै जोडियो सीसी क्यामरा

चैत २६, २०८१
विराटनगर
प्रधानमन्त्री आउने भएपछि जंगलमै जोडियो सीसी क्यामरा

प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनको तयारीमा तेह्रथुमको गुराँसको जंगलमा सीसी क्यामरा जडान गरिएको छ । 

ओली बुधबार कोशी प्रदेश सरकारले आयोजना गरेको ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्न लालीगुराँसको राजधानी तीनजुरे जाँदैछन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयले आरआर गार्डेनबाट पर्यटन वर्षको शुरूआत गर्दैछ ।

प्रधानमन्त्रीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मुल गेट, कार्यक्रमस्थल लगायत केही क्षेत्रमा सीसी क्यामरा जडान गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक जसबहादुर लिम्बुले मुख्य गेटमा क्यामरा जडान गरिसकेको र स्टेजमा प्राविधिकहरूले बिहानसम्म क्यामरा जडान गर्ने जानकारी दिए । 

यद्यपि, सुरक्षा थ्रेट नरहेको उनले बताए । ‘हामीले उच्च सुरक्षा अपनाएका छौं । पहिचानवादीको केही थ्रेट हुन्छ कि भन्ने चासो थियो । तर, प्रहरीले नै सीसी क्यामराबाट पनि निगरानी गर्ने भएकाले थ्रेट छैन’ एक उच्च प्रहरी अधिकृतले भने ।

यसअघि लालीगुराँस फुलाउन सरकारले दमकलबाट पानी लगाएपछि चौतर्फी आलोचना भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्