०४ साउन २०८३, सोमबार

काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

चैत २७, २०८१
काठमाडौं
काठमाडौंसहित देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । आज कोशी र मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थान र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । 

काठमाडौंमा पनि आज अपराह्नपछि हल्का वर्षाको सम्भावना छ । आजभन्दा भोलि वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । 

भोलि कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हाल पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ।
 

salt training

कमेन्ट गर्नुहोस्