
सामसङ नेपालले 'नयाँ वर्षको शुरूआत, कनेक्टेड घर र परिवार' अफर ल्याएको छ । यस अफरमा ग्राहकले स्मार्ट टीभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरूलगायत आफ्नो अप्लाएन्समा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा पाउनेछन् ।
स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिने सामसङले जनाएको छ ।
अफरमा सामसङको ५५ इन्च वा सोभन्दा माथिका टीभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटीभी सेवा पनि निःशुल्क पाइनेछ । साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर ५५ इन्च, ६५ इन्च, ८५ इन्च वा ८५ इन्च मोडेलका युएचडी टीभीको खरिद गर्दा ८ हजारसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ । यी सबै टीभीमा ३ वर्षको वारेन्टी रहनेछ ।
त्यसै गरी, सामसङको बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन्। ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ ।
साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ, जसले गर्दा तपाईँको यी नयाँ खरिद गरिएको अप्लाएन्सहरु तपाईँको घरसँग धेरै वर्षसम्म ढुक्कको साथ कनेक्टेड रहनेछन् ।
हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्म, र टीभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् । निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ । सामसङको एक्सचेन्ज पार्टनर अर्को स्टोर डटकम बाट पुराना उपकरण एक्सचेन्ज गर्दा सामसङका अप्लाएन्सहरूमा ८,००० सम्मको एक्सचेन्ज बोनससमेत पाइन्छ ।
यो अफर आधिकारिक वितरक हिम इलेकट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।