१६ असार २०८३, मंगलबार

दैलेखको चामुण्डाका कर्मचारीले आफ्ना छोराछोरी अब सामूदायिक विद्यालयमै पढाउनु पर्ने

चैत २७, २०८१
सुर्खेत
दैलेखको चामुण्डाका कर्मचारीले आफ्ना छोराछोरी अब सामूदायिक विद्यालयमै पढाउनु पर्ने

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कर्मचारीले सरकारी विद्यालयमा मात्रै छोरा छोरी पढाउनुपर्ने व्यवस्था गरेको छ ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिअनुसार नगरपालिकाको शैक्षिक स्तर खस्कँदै गएको र सरकारी सेवा सुविधा लिइरहेकाहरूले निजी विद्यालयमा छोराछोरी बढाइरहेको भन्दै शिक्षा क्षेत्रको आमूल सुधारका लागि यो निर्णय गरिएको उल्लेख छ । 

यदि नगरपालिकाका कोही कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्नागरी अध्यापन नगराएको खण्डमा उनीहरूको सेवा सुविधा रोकिने नगरपालिकाले जनाएको छ ।

‘प्रस्तुत विषयमा यस नगरपालिकामा वडा नम्बर १ देखि ९ सम्मका सामुदायिक विद्यालयको विभिन्न शैक्षिक सूचना तथा शैक्षिक तथ्याङ्क तथा कक्षा ८ र कक्षा १० (एसईई) को नतिजा अनुसार सिकाई उपलब्धि स्तर राष्ट्रिय मापदण्डभन्दा न्यून रहेकाले सो उपलब्धिलाई सुधारोन्मुख बनाउन, शिक्षालाई गुणस्तरीय तथा उत्पादनसँग जोड्न र जिम्मेवार नागरिक तयार गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ नियम ११ (ज) मा व्यवस्था भए अनुसार यस पालिकामा नेपाल सरकारको राज्यकोषबाट सेवा सुविधा लिने जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूका छोराछोरीहरू सामुदायिक विद्यालयमा अनिवार्यरूपमा भर्ना गर्न मिति २०८१/१२/१९ को नगर कार्यपालिका बैठकको निर्णयअनुसार आगामी शैक्षिक सत्र २०८२ वैशाख २ गते देखि १४ गतेसम्म अनिवार्यरूपमा आफूलाई पायक पर्ने सामुदायकि विद्यालयमा भर्ना गरी सहयोग गर्न हुन सरोकारवाला सबैमा अनुरोध छ । साथै सोअनुसार नगरेमा पालिकाबाट प्रवाह हुने सेवासुविधा प्रभावित हुने ब्यहोरा जानकारी गराइन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्