१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले गरे पाणिनि सम्मेलन उद्‌घाटन

चैत २७, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले गरे पाणिनि सम्मेलन उद्‌घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्‌घाटन गरेका छन् ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीति निर्मातालगायतको उपस्थिति रहेको छ ।

कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए ।

संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्