२२ जेठ २०८३, शुक्रबार

गाडीको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु

चैत २७, २०८१
काठमाडौं
गाडीको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु

कैलालीमा हायस गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

जानकी गाउँपालिका-५ अमौरास्थित सडकमा सु.प.प्र.०१-००१ ज १५९८ नम्बरको हायसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४४ वर्षीया हरू बडुवालको बुधबार बिहान मृत्यु भएको हो । 

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

साथै, दुर्घटनामा घाइते भएका साइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्