२९ जेठ २०८३, शुक्रबार

यातायात कार्यालय नेपालगञ्जका कम्प्युटर अपरेटरसहित ४ जना पक्राउ

चैत २७, २०८१
काठमाडौं
यातायात कार्यालय नेपालगञ्जका कम्प्युटर अपरेटरसहित ४ जना पक्राउ

बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित ४ जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बुधबार पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा ठाकुरसहित सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा-भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी छन् । 

नक्कली सवारी चालक अनुमतिपत्र वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।​

आयोगको टोलीले उनीहरूले प्रयोग गर्ने गरेको विद्युतीय उपकरण पनि नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्