
नेपाल पत्रकार महासंघले दिवंगत पत्रकार सुरेश रजकको सम्झनामा बुधबार बेलुका माइतीघरमा मण्डलमा दीप प्रज्वलन गरेको छ ।
महासंघको अगुवाइमा पत्रकारहरूले माइतीघर मण्डलमा दीप प्रज्वलन गरी यही चैत १५ गते राजावादीको आन्दोलनमा मारिएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
पत्रकारहरूले सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए । पूर्वराजाका समर्थकहरूले तीनकुनेको एक घरमा आगो लगाउँदा घरभित्र रहेका पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।
महासंघका उपाध्यक्ष उमितप्रसाद वाग्चनको प्रतिनिधिमण्डलले दिवंगत पत्रकार रजकको १३औं पुण्यतिथिमा बुधबार परिवारलाई भेट गरी समवेदना पनि व्यक्त गरेको छ ।