
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत भन्सार कर लगाएपछि चीनले कडा प्रतिक्रिया दिएको छ । एक चिनियाँ अधिकारीले भनेका छन् कि चीन 'चुप लागेर बस्ने छैन'।
अमेरिकाले चीनमाथि १०४ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि बदला लिएको थियो । चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सामानमा ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत कर लगाउने गर्ने घोषणा गरेको छ।
बदलामा ट्रम्पले चिनियाँ सामानहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएका छन् ।
'आफ्ना जनताको अधिकार र हितलाई हानि पुग्दा चिनियाँ सरकार कुनै पनि हालतमा चुप लागेर बस्ने छैन,' चीनको समाचार एजेन्सी सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, 'व्यापारिक अत्याचारमाथि विश्वव्यापी ऐक्यबद्धता विजयी हुन सक्छ ।'