२३ जेठ २०८३, शनिबार

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना

चैत २८, २०८१
काठमाडौं
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना भएको छ । काठमाडौंबाट उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस बिहीबार बिहान रोशी गाउँपालिका-९ दाउन्नेस्थित बीपी राजमार्गमा दुर्घटना भएको हो । 

प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीको भनाय छ । 

बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्