२९ जेठ २०८३, शुक्रबार
कीर्तिपुर क्रिकेट मैदान स्तरोन्नति

तीन सिफ्टमा फ्लड लाइट र प्यारापिट निर्माणको काम, वैशाख २४ मै सम्पन्न गर्ने लक्ष्य [भिडियो स्टोरी]

चैत २८, २०८१
काठमाडौं

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कामले गति लिएको छ । मैदान स्तरोन्नतिको काम समयमै सक्ने निर्माण कम्पनीहरूले बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट ३ सय दिनमा मैदान स्तरोन्नति गर्ने निर्णय गरेको थियो । तोकिएको समयमा काम गर्न सरकारले ताकेता गरिरहेको छ । २०८२ वैशाख २४ सम्म काम सम्पन्न गर्न सरकारले समयसीमा दिएको छ । 

फ्लड लाइट निर्माणको जिम्मा पाएको विशन–ईश्वरी जेभीका प्रोजेक्ट म्यानेजर सौरभ साहले २/३ दिन ढिला भए पनि तालिकाअनुसार नै काम भइरहेको जानकारी दिए । कामको गुणस्तर परीक्षण गर्नुपर्ने भएकोले एक/दुई दिन ढिला भएको उनले लोकान्तरलाई बताए । 

मैदनामा रहने ६ वटा फ्लड लाइटका पोल १० देखि १२ दिनमा नेपालमा आइसक्ने उनले जानकारी दिए । एउटा  पोलमा १६ सयदेखि २ हजार वाटका ७० देखि ८५ सम्म लाइट रहने छन् । 

‘निर्माण सम्पन्न गर्न ५६ दिन मात्रै बाँकी रहेको समयमा काम थालिए पनि तालिकाअनुसार नै काम भइरहेको छ,’ साहले भने । 

प्यारापिट निर्माणको जिम्मा पाएको बीकेओआई निर्माण कम्पनीका विनोद गौतमले हप्ता/१० दिनमा प्याराफिट उठेको देखिने बताए । ‘१० हजार क्षमताको प्यारापिटको संरचना १० देखि १२ दिनमा उठिसक्छ । पार्किङको काम दोस्रो फेजमा हुन्छ,’ गौतमले भने, ‘समयमै सम्पन्न गर्नेगरी काम भइरहेको छ  ।’ 

salt training

कमेन्ट गर्नुहोस्