
नेपाली कांग्रेसले विभिन्न ५ वटा उपसमिति गठन गरेको छ ।
यही जेठ २७ र २८ गते सम्पन्न भएको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठकले उपसमिति गठन गरेको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार सभापति गगन थापाको उपस्थितिमा पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकले डा. यादव पण्डितको संयोजकत्वमा डायस्पोरा डाईलग, उपसमिति गठन गरेको हो । यस उपसमितिले नागरिकता, लगानी र मतदानको अधिकार सम्बन्धमा जनसम्पर्क समितिको पदीय संरचना बाहिरको वृहत् विश्व समाजसँग नीति संवाद र समन्वय गर्नेछ ।
यसैगरी, डा. अन्जनीकुमार झाको संयोजकत्वमा स्वास्थ्य बीमा र सेवामा पहुँच नीतिगत संवाद उपसमिति, स्वीकृती पौडेलको संयोजकत्वमा घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति, श्रीप्रसाद भलामीको संयोजकत्वमा सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमिति र विनोद दासको संयोजकत्वमा खेलकुद नीति संवाद उपसमिति गठन गरिएको कार्यवाहक मुख्य सचिव दुलालले जानकारी दिए ।
