२४ जेठ २०८३, आइतबार

वैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण गरेर पठाउन कांग्रेसको निर्देशन

चैत २८, २०८१
काठमाडौं
वैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण गरेर पठाउन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण टुंग्याउने समय १५ दिन थप गरेको छ । चैत मसान्तभित्रै गरिसक्न पटकपटक निर्देशन दिए पनि नभएपछि कांग्रेसले पुनः वैशाख १५ गतेसम्मको सीमा दिएको हो । 

महामन्त्री गगन थापाले जिल्ला कार्यसमितिहरूलाई पत्र लेख्दै नवीकरण शुल्कसहितको सदस्यता टुंग्याउन निर्देशन दिएका हुन् । 

थापाले ‘नवीकरण गरेको भौचरसहित २०८२ वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन निर्देश गरिन्छ’ भनेर पत्र पठाएका छन् । 

१५ औं महाधिवेशनको प्रारम्भिक कामका रूपमा सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ । तर, ७७ वटामध्ये केही जिल्लाबाहेक धेरैले सदस्यताको विषय टुंग्याउन सकेका छैनन् । त्यसैले कांग्रेसले पटकपटक निर्देशन दिँदै आएको हो । 

कांग्रेसमा चुनावअघि २०८३ मा १५ औं महाधिवेशन गर्न दबाब छ ।

salt training

कमेन्ट गर्नुहोस्