०४ असार २०८३, बिहीबार

चट्याङ लागेर अर्घाखाँची र रोल्पामा दुई जनाको मृत्यु

चैत २८, २०८१
बुटवल
चट्याङ लागेर अर्घाखाँची र रोल्पामा दुई जनाको मृत्यु

लामो समयपछिको वर्षासँगै परेको चट्याङ लागेर अर्घाखाँची र रोल्पामा एक/एक जनाको मृत्यु भएको छ । 

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० लिसेपानीका ७२ वर्षीय  यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायब उपरीक्षक  चक्रबहादुर मल्लले जानकारी दिए । 

बिहीबार बिहान अन्दाजी ९ बजेतिर चट्याङ लागेर बेहोस भएका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । उनलाई  चिकित्सकले मृत घोषणा गरेका हुन् । 

परिवारका अन्य सदस्य भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताए ।

यस्तै, रोल्पामा पनि चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० कुटिबाङकी १५ वर्षीया एक किशोरीको बुधबार राति परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

किशोरी रोल्पाकै सुनिलस्मृति गाउँपालिकामा आफन्तको घरमा बस्न गएकी थिइन् । वर्षासँगैको हावाहुरीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा घर र विद्यालयमा क्षति गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्