२५ असार २०८३, बिहीबार

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, के छन् विशेषता ?

चैत २८, २०८१
काठमाडौं
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, के छन् विशेषता ?

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। 

यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजाइन र थप उपयोगी फिचर प्रदान गर्ने उद्देश्य राखेको छ ।

केही समयअघि मात्र भएको मेगा रिलिजमा प्रयोगकर्ताहरूले हाम्रो पात्रोलाई विल्कुलै फरक स्वरूपमा पाएका थिए । यो अपडेटमा त्यस रिलिजमा प्रयोगकर्ताबाट आएका सल्लाह सुझावलाई मध्यनजर गर्दै आवश्यक सुधार पनि गरिएको कम्पनीले जनाएको छ । 

विशेषत: यस अपडेटमा प्रयोगकर्ताहरूले नोट्स र इभेन्ट्स पेजलाई एकदमै नयाँ डिजाइनमा देख्न सक्नेछन् । प्रयोगकर्ताहरूले अब नोट्सहरू लेख्दा शब्दमा मात्र नभई तस्वीरमार्फत् पनि आफ्नो योजना या सम्झनालाई व्यवस्थापन गर्न सक्नेछन् । नोट्समा तस्वीर राख्दा प्रयोगकर्ताले त्यहीँ उपलब्ध भएको तस्वीर प्रयोग गरेर, आफैं तस्वीर अपलोड गरेर या आफैंले चित्र कोरेर पनि कलात्मक रूपमा आफ्नो नोट्स राख्न सक्नेछन् । 

यसरी राखिएका नोट्स हाम्रो पात्रोको क्यालेण्डर पेजमा पनि देख्न सकिनेछ । त्यसबाहेक, प्रयोगकर्ताहरूले वर्षौंदेखि राखेका नोट्स हेर्न या व्यवस्थापन गर्न पनि अब सहज भएको छ । 

यो नयाँ अपडेटमा नोट्स फिचर एकदमै आकर्षक र व्यवस्थित भएको र प्रयोगकर्ताहरूले यसलाई अत्याधिक रुचाउने कुरामा हाम्रो पात्रो टिम विश्वस्त रहेको जनाएको छ । 

यस अपडेटमा प्रयोगकर्ताहरूले पाउने अर्को मुख्य कुरा भनेको हाम्रो पात्रोको नयाँ फिड पेज अर्थात् ‘For you’ पेज हो । यो फिड पेजमा विभिन्न जानकारीमूलक र मनोरञ्जनात्मक सामग्रीह आकर्षक डिजाइनमा देख्न सकिन्छ ।  

यहाँ स्वास्थ्य, शिक्षा, जीवनशैली, प्रेरणादायक भनाइ र रमाइला तथ्य समेटिएका छन्, जसले प्रयोगकर्ताहरूको दैनिक प्रयोगलाई अझ अर्थपूर्ण र रमाइलो बनाउनेछ । प्रयोगकर्ताहरूले फिड पेजमा रहेका सामग्रीमा लाइक, कमेन्ट र शेयर गर्न सक्ने भएकाले यो पेज अत्यन्तै इन्टरेक्टिभ र आकर्षक बनेको छ । 

यसले प्रयोगकर्ताहरूबीच प्रत्यक्ष संवाद र अनुभव साझा गर्ने अवसर प्रदान गर्छ, जसकारण एप प्रयोग गर्दाको अनुभव अझ जीवन्त र सामूहिक हुनेछ । 

त्यसबाहेक, प्रयोगकर्ताहरूले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष विशेष पेज’ पनि हेर्न सक्नेछन् ।  यस पेजमा वर्षभरिका महत्त्वपूर्ण घटना समेटिएको समीक्षा, आकर्षक इ-कार्ड र नयाँ वर्षसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको छ। यस पेजमा २०८२ को साइत, बिदा, प्रमुख चाडपर्व लगायत उचित मार्गदर्शन र प्रेरणाका लागि विस्तृत वार्षिक राशिफल पनि राखिएको छ । 

त्यसबाहेक यस पेजमा प्रयोगकर्ताहरूले २०८१ को सम्झना र २०८२ को उत्साहलाई समेटिएको आकर्षक क्विज पनि खेल्न सक्नेछन् । नयाँ वर्षको उत्सवलाई अझ विशेष, जानकारीमूलक र भावनात्मक बनाउन यो पेजमा आवश्यक विवरणलाई आकर्षक ढंगले प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । 

‘हाम्रो लक्ष्य केवल पात्रो बनाउने होइन, एउटा यस्तो डिजिटल साथी निर्माण गर्नु हो, जसले तपाईंको दैनिक जीवन सजिलो बनाओस्’, हाम्रो पात्रोको सीइओ शंकर उप्रेतीले भने, ‘यो अपडेट हाम्रो प्रयोगकर्ताको सुझाव र आवश्यकता अनुसार तयार पारिएको हो । त्यसैले पनि यो प्रयोगकर्ताहरूको लागि अझ उपयोगी, अझ सहज र अझ व्यक्तिगत बन्नेछ ।’

यदि प्रयोगकर्ताहरूले अहिले हाम्रो पात्रोको तिथि मितिमा कुनै समस्या फेला पारेको भए एकपटक हाम्रो पात्रोलाई अपडेट गर्न अनुरोध गरिएको । 
 

salt training

कमेन्ट गर्नुहोस्