२३ असार २०८३, मंगलबार

२०७ किमि लामो गोरखा-जितगढी पदयात्रा शुरू

चैत २८, २०८१
काठमाडौं
२०७ किमि लामो गोरखा-जितगढी पदयात्रा शुरू

ऐतिहासिक सम्पदा तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तेस्रो गोरखा-जितगढी पदयात्रा शुरू भएको छ ।

पश्चिम पृतनापति उपरथी मधुकर सिंह कार्की र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले टर्च तथा झण्डा हस्तान्तरण गरी बिहीबार पदयात्रा शुभारम्भ गरे ।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी छन्।

करिब २०७ किमि दूरीमा सञ्चालन हुने पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रूपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर आउँदो वैशाख ७ गते विजय उत्सव समारोहका साथ समापन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका उपप्रमुख, श्री नं. ३ बाहिनीका बाहिनीपति, प्रमुख जिल्ला अधिकारी, इतिहासविद्, जनप्रतिनिधि, नेपाली सेनाका अधिकृत, जिल्लास्थित सुरक्षा निकाय एवं सरकारी कार्यालयका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्