
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेका विभिन्न फैसलामा चित्त नबुझेर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी १२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका लागि नागरिक लगानी कोषका प्रतिनिधि सञ्चालक छविरमण अधिकारी, साविक रोयल मर्चेण्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेका सञ्चालक अध्यक्ष बसन्त मल्ल समेतका प्रतिवादी रहेको मुद्दामा आयोगले पुनरावेदन गरेको हो ।
यो मुद्दामा विशेष अदालतले २०८० फागुन १० को फैसलामार्फत् सफाइ दिएको थियो ।
आयोगले अन्य ११ मुद्दामा पनि पुनरावेदन गरेको छ ।
हेर्नुहोस् कुन कुन मुद्दामा बिहीबार पुनरावेदन गरियो ?