१० असार २०८३, बुधबार

लेनदेन मुद्दामा एक वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

चैत २८, २०८१
काठमाडौं
लेनदेन मुद्दामा एक वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

लेनदेन बिगोसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय तोकिएर फरार रहेका यक्षध्वज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

कार्कीमाथि बिनोद कुमार महतोले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७९ साल असार २८ गते १६ लाख २८ हजार ५ सय बिगो वापत एक वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी त्यसपछि फरार थिए ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–८ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–३२ मा बसोबास गर्दै आएका ६९ वर्षीय कार्कीलाई बिहीबार दिउँसो २ बजे नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए । 

पक्राउ परेका कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेस गरेकोमा अदालतको पत्र अनुसार कारागार चलान गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्