३१ असार २०८३, बुधबार

यूएईमा नेपाल फेस्टिभल हुँदै

चैत २८, २०८१
काठमाडौं
यूएईमा नेपाल फेस्टिभल हुँदै

यूएईको दुबईमा ‘नेपाल फेस्टिभल २०२५’ हुने भएको छ । ‘नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव’ भन्ने नाराका साथ अप्रिल २० मा नेपाल फेस्टिभल  हुन लागेको हो । 

नेपाली राजदूतावास, आबुधाबीको संरक्षकत्व तथा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईलगायतका संघ संस्थाहरुको संयुक्त आयोजनामा क्रिक पार्क दुबईमा हुने फेस्टिभलले नेपाल र यूएईबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै नेपाली समुदाय बिच आपसी एकता, सहयोग र परम्परागत पहिचानको उत्सवको रूपमा मनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । 

फेस्टिभल नेपालीहरूको जातीय, वर्गीय, सम्प्रदाय तथा क्षेत्रीय (तराई, पहाड, हिमाल) को मौलिक संस्कृतिको प्रदर्शन तथा प्रवर्द्धन हुनेछ भने विभिन्न विधामा दिग्गज व्यक्तित्वहरूसँग प्रत्यक्ष साक्षात्कार हुनेछ । 

यसैगरी नेपाल तथा यूएईमा प्रख्यात कलाकारहरूको सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति, भलिबल लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरू, नेपालमा पर्यटन प्रवर्द्धन गर्ने सामाग्रीहरूको प्रदर्शनी तथा खरिद बिक्री र विभिन्न प्रकारका ५० भन्दा बढी व्यापारिक प्रदर्शनी स्टलहरू समेत फेस्टिभलमा राखिनेछ ।   

यसैगरी बालबालिका लागि बाल उद्यान तथा नेपाली संस्कृतिको बुझ्ने गरी आयोजना गरिएको विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत सो क्रममा गरिनेछ । 

 यूएईमा रहेका नेपाली समुदाय मात्र नभई स्थानीय तथा अन्तर्राष्ट्रिय दर्शकहरूलाई पनि नेपाली कला र परम्पराको विशेष झलक फेस्टिभलले प्रदान गर्ने मूल आयोजक समितिले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्