०६ साउन २०८३, बुधबार

जापान र अष्ट्रेलियाको शेयर बजार ओरालो लाग्यो, चीनको अवस्था के छ ?

चैत २९, २०८१
काठमाडौं
जापान र अष्ट्रेलियाको शेयर बजार ओरालो लाग्यो, चीनको अवस्था के छ ?

जापान, दक्षिण कोरिया र अष्ट्रेलियाको शेयर बजारमा गिरावट आएको छ भने चीन र ताइवानको शेयर बजारमा सामान्य वृद्धि देखिएको छ।

जापानको निक्केई २२५ मा ४.५ प्रतिशत, दक्षिण कोरियाको कोस्पी १.७ प्रतिशत, हङकङको ह्याङसेङ ०.७ प्रतिशत र अष्ट्रेलियाको एएसएक्स १.६ परतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

समाचारअनुसार चीन र ताइवानको शेयर बजारमा थोरै वृद्धि देखिएको छ । यद्यपि, उनीहरूको सुरुवाती कारोबारमा गिरावट देखिएको थियो । हाल, चीनको सांघाई कम्पोजिट ०.१ प्रतिशत र ताइवानको ताइएक्स ०.२ प्रतिशतले बढेको छ ।


 

कमेन्ट गर्नुहोस्