०४ साउन २०८३, सोमबार
तीनकुने घटना

दुर्गा प्रसाईलाई हतकडी लगाएर काठमाडौं ल्याइयो

चैत २९, २०८१
काठमाडौं
दुर्गा प्रसाईलाई हतकडी लगाएर काठमाडौं ल्याइयो

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । 

बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई झापाबाट बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।  विमानमा राख्नुअघि उनको हातमा हतकडी लगाइएको थियो । 

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । 

त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको बताएका छन् । 

अब उनलाई सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिने छ । उनीविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधमा म्याद थप्ने तयारी छ ।

विमानस्थल परिसरमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति छ ।

salt training

कमेन्ट गर्नुहोस्