३२ असार २०८३, बिहीबार

प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन : उपप्रधानमन्त्री पौडेल

चैत २९, २०८१
बुटवल
प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन : उपप्रधानमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन् ।

बुटवलमा नेकपा एमालेले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे । `प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन,´ उनले भने, `राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने ।´

देशको व्यवस्था बदल्ने उद्देश्यले अघि बढेकाहरू अब मुलुक निर्माणतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । `दरबारिया र राजतन्त्रका मतियारविरुद्ध कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ,´ उनले भने ।

सही र सक्षम नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्ने उनको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्