१७ असार २०८३, बुधबार
तीनकुने घटना

दुर्गा प्रसाईं र उनका अंगरक्षक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

चैत २९, २०८१
काठमाडौं
दुर्गा प्रसाईं र उनका अंगरक्षक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले १२ दिनको अनुमति दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

अदालतले प्रसाईंको उपचारको समेत प्रबन्ध गर्न अनुसन्धानरत निकायलाई आदेश गरेको उनले बताए ।

सोही अभियोगमा पक्राउ परेका राप्रपाका महामन्त्री एवं सांसद डा. धवलशमशेर जबरा र नेता रवीन्द्र मिश्रको म्यादमा मिलान गरेर प्रसाईंको म्याद थपिएको हो ।

राजावादी आन्दोलनका जनकमान्डर तोकिएका प्रसाईंलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाउने तयारी गरेको  छ। 

शुक्रवार झापामा पक्राउ परेका प्रसाईंलाई काठमाडौं ल्याएर म्याद थपका लागि अदालतमा लगिएको थियो । प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाउन म्याद थपिएको हो । उनीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड लगायत कसुरमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । 

राजसंस्था फर्काउने भन्दै गरिएको प्रदर्शनका क्रममा भएको आन्दोलनमा २ जनाको मृत्यु भएको थियो । तीनकुने घटनाको २ हप्तापछि प्रसाई पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्