०८ साउन २०८३, शुक्रबार

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

चैत ३०, २०८१
तनहुँ
वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहना अनुरूप स्थापना भएको बताउँदै त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने हुने बताएका छन् । 

तनहुँको व्यास नगरपालिकाको दमौलीमा आयोजित ३३औं स्थापना दिवस कार्यक्रममा उनले लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिए । 

मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए । 

उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव छ भने । 

राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत वक्ताले स्थानीय सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्ने सुझाव दिए । 

salt training

कमेन्ट गर्नुहोस्